यात्रु चढाउँदै गरेको बसलाई टिपरले ठक्कर दियो, तीन जना घाइते

लोकपथ
343
Shares

काठमाडौं । पोखराबाट म्याग्दीतर्फ जाँदै गरेको यात्रुबाहक बसलाई पोखरा महानगरपालिका–२५ बडहरेमा टिपरले ठक्कर दिँदा तीन जना घाइते भएका छन् । आज बिहीबार बिहान सवा ८ बजे ग १ ख ७००२ नम्बरको बसलाई ग१ख ९१४२ नम्बरको टिप्परले ठक्कर दिएको हो ।

बसलाई टिपरले ठक्कर दिँदा बस रोकिएको अवस्थामा थियो । बस रोकेर यात्रु चढाउँदै गरेको अवस्थामा सोही दिशा तर्फबाट आउँदै गरेको टिपरले पछाडिबाट बसलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

टिपरको ठक्करबाट बसमा चढदै गरेका म्याग्दी धौलागिरी गाउँपालिका–५ का ४ वर्षीय हर्कलाल छन्त्याल, टिपर चालक सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका– ३ का ३१ वर्षीय मनोज कटुवाल र टिपरमा सवार नुवाकोट घर भएका २ वर्षीय बुद्ध घले घाइते भएका छन् ।

दुर्घटनापछि बस चालक र टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?