द ग्रेट हिमालयन ओडीसी : नक्सालको बाइकर्स क्याफेबाट लद्दाखसम्म बजाज डोमिनारको मोटरसाइकल यात्रा

लोकपथ
63
Shares

काठमाडौं । बजाज डोमिनार ४०० राइडरहरुले लद्दाखको २० दिने यात्रा सुरु गरेका छन् ।

काठमाडौंको नक्सालस्थित बाइकर्स क्याफेबाट नौं जना राइडरहरुको टोली बजाज डोमिनार चार सयले लद्दाखको यात्रा तय गरेको हो । यो टोली पाँच हजार आठ सय ८३ मिटरको उचाइमा रहेको विश्वको सबैभन्दा अग्लो मोटरेवल सडक उम्लिङलाको भ्रमणमा निस्किएको हो ।

‘द ग्रेट हिमालयन ओडिसी’ नाम दिइएको यो विशाल मोटरसाइकल यात्राले ६ हजार किलोमिटर भन्दा बढीको दूरी पुरा गर्नेछ । यो अभियान देशको मोटरसाइकल संस्कृतिमा एउटा महत्वपूर्ण कोसेढुंगा सावित हुने बजाजले जनाएको छ ।

बजाज मोटरसाइकलका मार्केटिङ हेड अमित राज चालिसेले बजाज डोमिनार राइडरहरूले चुनौतीको सामना गरेको भन्दै खुसी व्यक्त गरे । उनले विश्वको सबैभन्दा अग्लो मोटरेवल सडक हुँदै उम्लिङलाको यात्रा तय गरेका डोमिनार ४०० को साहसको प्रशंसा गरे। राइडरहरुको नेतृत्व गरेका टोली कप्तान मनिष देवकोटाले उम्लिङला पुग्नु धेरै राइडरहरूको सपना भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?