रास्वपा अनुशासन आयोगका उपप्रमुख न्यौपानेले दिए राजीनामा

लोकपथ
896
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेले पदबाट राजीनामा दिएका छन् । उनले दसैंअघि नै दिएको राजीनामा त्यतिबेलै स्वीकृत गरिएको भएपनि अहिले सार्वजनिक गरिएको हो ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले पार्टीमा सक्रिय राजनीति गर्ने भन्दै अनुशासन आयोगका उपप्रमुख न्यौपानेले सो पदबाट राजीनामा दिएको बताए ।

कार्यवाहक प्रवक्ता झाले पार्टी विधानअनुसार अनुशासन आयोगमा हुने व्यक्तिले सक्रिय राजनीति गर्न नमिल्ने भन्दै न्यौपानले पार्टीभित्र सक्रिय राजनीति गर्ने भनेर राजीनामा दिएको र ६ महिनाको कुलिङ पिरियडपछि अर्को जिम्मेवारीमा रहेर काम गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?