बडादसैँ विसर्जन गरियो

लोकपथ
63
Shares

काठमाडौं । हिन्दुहरुको महानपर्व बडादसैँ विसर्जन गरिएको छ ।  गत असोज १७ गते घटस्थापना गरेर सुरु भएको बडा दसैँ कोजाग्रत पूर्णिमासँगै समापन भएको हो ।

बडादसैँ समापन भएसँगै टीका ग्रहण कार्य पनि यसपालिलाई सकिएको छ ।  नेपालीहरूले भव्यरुपमा मनाउने बडादसैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रातमा जाग्राम बसेपछि आजदेखि समापन गरिएको हो । 

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमाका दिन बुधबार साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गर्दै रातभर जाग्राम बस्ने प्रचलन रहदैँ आएको छ । 

माता दुर्गाका तीन वटा रुपमध्येका एक रूप महालक्ष्मीको पूजा गरेर बिहीबार दुर्गा पक्ष अर्थात् बडा दसैँलाई बिदा गर्ने चलन रहेको छ ।

यस वर्ष कात्तिक १ गते बिहीबार पूर्णिमा व्रत परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जानकारी दिएको छ । 

कोजाग्रत पूर्णिमाका दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गर्दै दसैँ विसर्जन गरिएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?