पहिलो टी ट्वान्टी आई सिरिज : ९ ओभरमा अमेरिका ३ विकेट गुमाएर ४७ रनमा

लोकपथ
168
Shares

काठमाडौं । पहिलो टी ट्वान्टी आई सिरिज क्रिकेटमा अमेरिकाले ९ ओभरमा ३ विकेट गुमाएर ४७ रन बनाएको छ । अमेरिकाको टेक्सासस्थित ग्राण्ड प्रियरी रङ्गशालामा भएको खेलमा नेपालले अमेरिकालाई ९ ओभरमा ३ विकेट लिएर ४७ रन मात्रै बनाउन दिएको छ ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६४ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन बनाएका थिए । १८ ओभरसम्म उत्कृष्ट प्रदर्शन गरेको नेपालले अन्तिम दुई ओभरमा ५ विकेट गुमाएर मात्र १४ रन बनाउन सकेको थियो ।

पछि ब्याटिङमा उत्रिएको अमेरिकाको पहिलो विकेट दोस्रो ओभरमा करण केसीले लिएका थिए । दोस्रो ओभरको पाँचौँ बलमा पहिलो विकेट गुमाएको अमेरिकाले तेस्रो ओभरको पहिलो बलमै अर्को विकेट गुमाएको हो । अमेरिकाले छैटौँ ओभरको चौथो बलमा तेस्रो विकेट बनाउँदासम्म मात्रै २६ रन बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?