गुल्सन झाले लिए अमेरिकाको चौथो विकेट

लोकपथ
343
Shares

काठमाडौं । अमेरिकामा जारी पहिलो टी ट्वान्टी आई सिरिज क्रिकेटमा अमेरिकाले चौथो विकेट गुमाएको छ । ११ औँ ओभरको पहिलो बलमै गुल्सन झाले विकेट लिएपछि अमेरिका ५६ बलमा सीमित छ ।

अमेरिकाको टेक्सासस्थित ग्राण्ड प्रियरी रंगशालामा भएको खेलमा नेपालले अमेरिकालाई ११ ओभरसम्म मात्रै ६० रन बनाउन दिएको छ भने उसको ४ विकेट लिएको छ ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६४ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन बनाएका थिए । १८ ओभरसम्म उत्कृष्ट प्रदर्शन गरेको नेपालले अन्तिम दुई ओभरमा ५ विकेट गुमाएर मात्र १४ रन बनाउन सकेको थियो ।

पछि ब्याटिङमा उत्रिएको अमेरिकाको पहिलो विकेट दोस्रो ओभरमा करण केसीले लिएका थिए । दोस्रो ओभरको पाँचौँ बलमा पहिलो विकेट गुमाएको अमेरिकाले तेस्रो ओभरको पहिलो बलमै अर्को विकेट गुमाएको हो । अमेरिकाले छैटौँ ओभरको चौथो बलमा तेस्रो विकेट बनाउँदासम्म मात्रै २६ रन बनाएको थियो । त्यसपछि केही सम्हालिएर खेलेको अमेरिकाले ११ औँ ओभरको पहिलो बलमै अर्को विकेट गुमायो ।

यो समाचार तयार पार्दासम्म अमेरिका १२ औँ ओभरको समाप्तिमा ६४ रनमा सीमित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?