टी-२० आई क्रिकेट : पहिलो खेलमा नेपाल १७ रनले विजयी

लोकपथ
7
Shares

काठमाडौं । अमेरिकामा जारी पहिलोटी-२० आई सिरिज क्रिकेटमा नेपालले पहिलो जित दर्ता गरेको छ । अमेरिकाको टेक्सासस्थित ग्राण्ड प्रियरी रङ्गशालामा भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले हराउँदै विजयी सुरुवात गरेको हो ।
१६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरको समाप्तिमा मात्रै १४७ रन बनाउन सक्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६४ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन बनाएका थिए । १८ ओभरसम्म उत्कृष्ट प्रदर्शन गरेको नेपालले अन्तिम दुई ओभरमा ५ विकेट गुमाएर मात्र १४ रन बनाउन सकेको थियो ।

पछि ब्याटिङमा उत्रिएको अमेरिकाको पहिलो विकेट दोस्रो ओभरमा करण केसीले लिएका थिए । दोस्रो ओभरको पाँचौँ बलमा पहिलो विकेट गुमाएको अमेरिकाले तेस्रो ओभरको पहिलो बलमै अर्को विकेट गुमाएको हो । अमेरिकाले छैटौँ ओभरको चौथो बलमा तेस्रो विकेट बनाउँदासम्म मात्रै २६ रन बनाएको थियो । त्यसपछि केही सम्हालिएर खेलेको अमेरिकाले ११औँ ओभरको पहिलो बलमै अर्को विकेट गुमायो ।

त्यसपछि १६औँ ओभरको पहिलो र दोस्रो बलमा लगातार विकेट गिरेपछि अमेरिका खेलमा फर्कन सकेन । १९औँ ओभरमा अमेरिकाले १८ रन बनाए पनि त्यो जितका लागि अपुग नै रह्यो । २०औँ ओभरमा जीतका लागि ३१ रन चाहिएको अमेरिकाले एक विकेटको क्षतिमा १३ रन मात्रै बनाएर कुल १४७ रन बनायो ।

पछिल्लो खेलमा नेपालका दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?