सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान, कति बढ्यो तोलामा ?

लोकपथ
189
Shares

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएका छ । शुक्रबार एकै दिन प्रतितोला २ हजार रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँ तोकेको छ । यसअघि बिहीबार  १ लाख  ६२ हजार ४ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेको छ । बिहीबार तोलामा १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँले  बढेर १९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?