प्रचण्डले बोलाएको विपक्षी दलहरुको बैठक जारी, लोसपा अध्यक्ष महन्थ ठाकुर पनि सहभागी

लोकपथ
357
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले बोलाएको प्रतिपक्षी दलहरूको बैठक अहिले नयाँ बानेश्वरमा जारी छ । तिहार र छठ पर्व सकिएलगत्तै सरकारविरुद्ध सशक्त आन्दोलन गर्ने तयारी गरिरहेको बेला विपक्षी दलहरुको यो बैठक बसेको हो ।

बाढीपहिरोपछिको अवस्था, सरकारका कामकारबाही, मंसिरमा हुने उपनिर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएका हुन् । बैठकमा सत्तारूढ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर पनि सहभागी भएका छन् ।

संघीय सरकारमा लोसपाका एक जना मन्त्री छन् । बैठकमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), लोसपा र आम जनता पार्टीका शीर्षसहित नेताहरू सहभागी छन् ।

बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, लोसपा अध्यक्ष ठाकुर, आजपा अध्यक्ष प्रभु शाह पनि बैठकमा सहभागी छन् ।

बैठकमा माओवादी उपमहासचिव शक्तिबहादुर बस्नेत, रास्वपा सभापति रवि लामिछाने, उपसभापति डिपी अर्याल र स्वर्णिम वाग्ले, सांसदहरू शिशिर खनाल, सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठ सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?