ओली सरकार असफल भएको विपक्षी दलको निष्कर्ष

लोकपथ
140
Shares

काठमाडौं । विपक्षी दलले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको कांग्रेससमेत सहभागी सरकार असफल भएको निष्कर्ष निकालेको छ । संसद भवन नयाँ बानेश्वरमा आज शुक्रबार बिहान बसेको विपक्षी दलको बैठकले ओली सरकार असफल भएको निष्कर्ष निकालेको हो ।

प्रमुख विपक्षी दलका नेता माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको सो बैठकले ओली सरकार सुशासनको सवालमा पनि गम्भीर ढंगले चुकेको निष्कर्ष निकालेको छ । बैठकले बाढी पहिरोपीडितको राहत र उद्धारको सन्दर्भमा सरकारको भूमिका गैरजिम्मेवार देखिएको निष्कर्षसमेत निकालेको छ ।

आजपाका अध्यक्ष प्रभु साहले सरकारले अध्यादेश ल्याएर विभिन्न पार्टीहरूलाई फुटाइदिने र नेताहरूलाई समेत तर्साउने नियत राखेको भन्दै यसको प्रतिवाद गर्ने निष्कर्ष बैठकले निकालेको बताए । यस्तै समसामयिक विषयमा सरकारलाई आइतबार ज्ञापनपत्र बुझाउने तय भएको समेत उनले बताए ।

बैठकमा सत्तारूढ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर पनि सहभागी भएका थिए । संघीय सरकारमा लोसपाका एक जना मन्त्री छन् ।

बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, आजपा अध्यक्ष प्रभु साह, माओवादी उपमहासचिव शक्तिबहादुर बस्नेत, रास्वपा सभापति रवि लामिछाने, उपसभापति डिपी अर्याल र स्वर्णिम वाग्ले, सांसदहरू शिशिर खनाल, सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठ सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?