नक्कली नोटसहित एक जना पक्राउ

लोकपथ
28
Shares

काठमाडौं । वीरगंज महानगरपालिका–१४ गण्डक चेक पोष्टबाट प्रहरीले नक्कली नोटसहित बिहीबार बेलुकी एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार बस्ने २० वर्षीय कृष्ण कुमार महतो रहेका छन् ।

प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरी टोलीलेले वीरगंजबाट हेटौंडातर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख २१४७ नम्बरको मिनी बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई एक हजार दरको ४७ थान नक्कली नोटसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?