काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।
सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका जोशीलाइ अदालतले दिएको म्याद सकिएपछि कास्की प्रहरीले अदालतमा उपस्थित गराएको हो ।
सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले गरेको सिफारिसका आधारमा सरकारको निर्देशनपछि जोशीलाई अनुसन्धानका लागि गत असोज ६ गते उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँबाट पक्राउ गरी जहाजमार्फत पोखरा ल्याइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया