महिला साफ च्याम्पियनसिप फुटबल  : श्रीलंकाले मालदिभ्सलाई हरायो

लोकपथ
91
Shares

काठमाडौं ।  साफ महिला च्याम्पियनसिप–२०२४ फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा श्रीलंकाले मालदिभ्सलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समूह बी अन्तर्गतको पहिलो खेलमा श्रीलंकाले मालदिभ्सलाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो । श्रीलंकाको लागि इमिशा अनुराधिनीले गोल गरिन् ।

उनले खेलको १८औँ मिनेटमा गरेको एक गोल नै श्रीलङ्को लागि निर्णायक गोल सावित भयो । जितसँगै श्रीलंकाले शीर्ष तीन अंक बटुलेको छ ।  सोही समूहमा रहेको नेपालले आज साझ भुटानको सामना गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?