काठमाडौं । नेपाल तेक्वान्दो संघ र नेपाल स्थित कोरियाली राजदुतावासको संयुक्त आयोजनामा ‘कोरियाली राजदूत ओपन तेक्वान्दो च्याम्पियनसिप २०२४’ सुरु भएको छ ।
कोरिया र नेपालबीच दौत्य सम्बन्ध स्थापित भएको ५०औँ वार्षिकोत्सवको अवसरमा उक्त च्याम्पियनसिपको आयोजना गरिएको हो । सो च्याम्पियनसिप कात्तिक २ गतेदेखि ५ गतेसम्म सञ्चालन हुनेछ ।
च्याम्पियनसिप लगायत नेपालस्थित कोरियाली राजदुतावास र अन्य विभिन्न संघ संस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गरी भव्यताका साथ वार्षिकोत्सव मनाइरहेका छन् ।
उक्त राष्ट्रिय प्रतियोगिताको उद्घाटन समारोहमा कोरिया स्थित तेक्वान्दो मुख्यालयको तेक्वान्दो डेमोन्स्ट्रेसन टोलीबाट विशेष खेल प्रदर्शन भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया