‘राजनीतिक अस्थिरताको अन्त्य नगरेसम्म देशमा भएका साधन, स्रोतको सही सदुपयोग गर्न  सकिँदैन’ 

लोकपथ
77
Shares

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालमा  आर्थिक विकासको निम्ति प्रकृतिको असिमित स्रोत साधन भएर पनि प्रगति हुन नसकेको बताएका छन् । 

शुक्रबार हिन्दु आर्थिक फोरम, नेपाल बिजनेस मिट २०२४ प्यानल डिस्कसनलाई  सम्बोधन गर्दै उनले जग जमिन, जडीबुटी , मिहेनति जनशक्ति हुँदा पनि विकासको  गति नेपालले लिन नसकेको बताएका हुन् ।  

उनले भने, ‘नेपालमा आर्थिक विकासका निम्ति प्रकृतिले दिएको स्रोत साधन असिमित छ । जल जमिन, जडीबुटी , मिहेनति जनशक्ति पनि निकै धेरै छ, यो  सबै प्रकृतिले  दिएको र  इतिहासले  दिएको हाम्रो  विरासत जस्तो छ र  त्यो  विरासतले  दिएको  कुराहरूलाई समेटेर हामीले  नेपाललाई विकासको  गतितर्फ लग्नुपर्ने हो  तर त्यो हुन सकिरहेको  छैन ।’

साथै, उनले ओभर पोलिटीसाइजेशन र राजनीतिक अस्थिरता नै प्रगतिको बाधक रहेको बताए । उनले पोलिटीसाइजेशन र राजनीतिक अस्थिरताको स्थितिको अन्त्य गर्न नसकेसम्म देशमा भएका साधन, स्रोतको सही सदुपयोग गर्ने वातावरण नबन्ने उनको भनाइ छ ।

उनले भने, ‘हामीसँग साधन, स्रोतको कमी भएर पनि होइन । अध्ययनशील जनशक्तिको कमी भएर पनि होइन । बिजनेस अनुभव भएकाहरूको कमी भएर पनि होइन । फेरि पनि हामीले किन सोचेजस्तो प्रगति गर्न सकेका छैनौँ भन्दा चाहिँ ओभर पोलिटीसाइजेशन नै, राजनीतिक अस्थिरता नै यसको केन्द्रमा आउँछ भनेर हामीले भन्न हिचकिचाउन हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?