चीनले नेपाललाई दियो उपहार स्वरुप सात वटा विद्युतीय गाडी

लोकपथ
63
Shares

काठमाडौं । चीन सरकारले संघीय संसद् सचिवालयलाई आठ वटा विद्युतीय गाडी उपलब्ध गराएको छ। चीन सरकारले सहयोग स्वरूप गाडी उपलब्ध गराएको सचिवालयले जानकारी दिएको छ।

एक वर्षअघि नेपाल भ्रमणमा आएका चीनको जनकांग्रेसका स्थायी समिति अध्यक्ष लि चान्सुले विद्युतीय सवारीसाधन सहयोग गर्ने बताएका थिए। 

अध्यक्ष चान्सुको सहयोग गर्ने चाहना तथा तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाको पहल र अनुरोधमा तीन वटा एयुभी र पाँच वटा विद्युतीय कार प्राप्त भएको राज्य व्यवस्था तथा सुशासन समितिका सचिव सुरजकुमार दुराले जानकारी दिए ।

करिब तीन करोड रुपैयाँ बराबरका ती सवारीसाधन चीनले केही दिनअघि संसद् सचिवालयका कर्मचारी टोलीलाई नेपाल–चीन सीमा नाका केरुङमा हस्तान्तरण गरेको थियो।

हाल ती सवारीसाधन संसद् भवन परिसरमा रहेका छन्। नम्बर प्लेट र दर्ताको काम भइरहेको छ। यसअघि चीनले सन् २०१६ मा पनि सचिवालयलाई सहयोग स्वरूप केही सवारीसाधन उपलब्ध गराएको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?