काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेले ‘क्लिन चिट र सफाइ’ पाएको भन्ने हल्लाको गलत साबित भएको बताएका छन् ।
सहकारी ठगी प्रकरणको छानबिनका लागि गठित संसदीय समितिका सभापति समेत रहेका थापाले शुक्रबार साँझ लामिछाने पक्राउ परेसँगै सो कुरा बताएका हुन् ।
थापा नेतृत्वको टीमले सहकारी ठगी प्रकरणको प्रतिवेदन बुझाएसँगै रास्वपाले रविले ‘क्लिन चिट’ पाएको दाबी गरेको थियो ।
थापाले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘‘क्लिन चिट र सफाइ’ चलचित्र केही दिनमै सर्वत्र फ्लप भएलगत्तै कलाबिहीन नयॅा नाटक मन्चन भइरहेछ– ‘प्रतिशोध !’ सुपरफ्लप हुने बाटो–प्रतिक्षा गरौँ ।’
सहकारी ठगी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शुक्रबार साँझ लामिछानेलाई पक्राउ गरेर पोखरा पुर्याएको छ । शनिबार बिहान कास्की प्रहरीलाई बुझाएसँगै रविमाथि थप अनुसन्धान अघि बढ्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया