कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ७० प्रतिशत पास

लोकपथ
70
Shares

काठमाडौं । कक्षा १२ को मौका परीक्षा (पूरक परीक्षा) को परीक्षाफल प्रकाशित भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गर्दै गत भदौ २५ र २६ गते सञ्चालन भएको मौका परीक्षाको परीक्षाफल आज प्रकाशित भएको जनाएको हो ।

बोर्डका अनुसार उक्त परीक्षामा १ लाख २२ हजार १ सय ७१ जना सहभागि भएका थिए । जसमध्ये ७० दशमलव ६० प्रतिशत अर्थात् ८६ हजार २ सय ४६ जना पास भएका छन् अर्थात् सबै विषयमा ग्रेड प्राप्त गरेका छन् ।

त्यस्तै अनैतिक काम गर्ने २ परीक्षार्थीको परीक्षाफल रद्द भएको छ भने अन्य ३ परीक्षार्थीको परीक्षाफल स्थगित भएको छ । बोर्डका अनुसार पूरक परीक्षामा सहभागि भएका विद्यार्थीहरुले सैद्धान्तिक परीक्षामा कम्तिमा ‘डी’ ग्रेड प्राप्त गरेका परीक्षार्थीहरुले सात दिनपश्चात् ट्रान्सक्रिप्ट, प्रोभिजनल र प्रमापत्रका लागि रसिद काट्न सक्नेछन् ।

साथै परीक्षार्थीहरुलाई आफ्नो रिजल्ट चित्त नबुझेमा प्रति विषय ५ सय तिरेर पुनर्योगका लागि बोर्डमा आवेदन दिन सक्नेछन् ।

०८१ साल वैशाख १४ गतेबाट भएको कक्षा १२ को परीक्षमा ४ लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी भइरहेका थिए । जसका लागि ७७ जिल्ला र जापानमा एक गरी एक हजार ५२६ परीक्षा केन्द्र तोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?