काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद विराजभक्त श्रेष्ठले रास्वपासँग सत्ता डराएको टिप्पणी गरेका छन् ।
पोखराको शहीद चोकमा विरोध कार्यक्रमलाई सम्बोधन गर्दैै सो कुरा बताएका हुन् । शहीद चोकमा रास्वपाले विरोध प्रदर्शन गर्ने भएसँगै जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा जारी गरेको छ ।
आफूहरुले आन्दोलन गर्ने थाहा पाएर प्रशासनले निषेधाज्ञा गरेको भन्दै श्रेष्ठले भने– ‘हेर त सत्ता कति छिटो डराएको । हामीले शान्तिपूर्ण रुपमा आन्दोलन गर्न पनि नपाउने ? अब हामीले कहाँ गएर प्रदर्शन गर्ने हो भनिदिनुपर्यो ।’
केहीबेरअघिदेखि त्यहाँ रास्वपाका नेता कार्यकर्ता र प्रहरीबीच झडपको अवस्था सिर्जना भएको छ ।
शुक्रबार साँझ प्रहरीले सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई पक्राउ गरी पोखरा पुर्याएको छ । आजै रविलाई अदालतमा उपस्थित गराइने तयारी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया