मनाङमा लेक लागेर स्विजरल्याण्डका नागरिकको मृत्यु

लोकपथ
49
Shares

मनाङ ।  मनाङको ङिस्याङ गाउँपालिकामा लेक लागेर एक जना पर्यटकको मृत्यु भएको छ । 

चुलु फरेष्ट जाने क्रममा टेन्टमा बसेका स्विजरल्याण्डका नागरिक राहदानी नं एस ०८८५१८७ भएका करिब ६३ वर्षीय मार्कुस सेसलरको मृत्यु भएको हाे ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रबहादुर केसीका अनुसार राति सकुशल सुतेका निज बिहान नउठेपछि लेक लागेर मृत्यु भएको उनले बताए । 

‘लेक लागेर मृत्यु भएको छ भन्ने खबर आज बिहान सुरक्षामा खटिएका गार्ड कर्मा शेर्पामार्फत प्राप्त भएको हो,’ प्रहरी निरीक्षक केसीले भने, ‘सूचना प्राप्त भएलगत्तै घटनास्थलमा पुगेर उद्धार गरी हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको छ । ’उनले १० विदेशी र २३ जना नेपाली नागरिकको उद्धार गरिएको जानकारी दिए।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?