काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले प्रहरी प्रशासनले शान्तिपूर्ण आन्दोलनमा दमन गरेको बताएकी छन् ।
आइतबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले शान्तिपूर्ण आन्दोलनमा लाठ्ठि चार्ज गरेर पानीको फोहोरा प्रहार गर्नु शान्तिपूर्ण आन्दोललाई दमन गरेको बताएकी हुन् ।
उनले भनिन्, ‘पानीको फोहोरा प्रहार गर्नु, लाठ्ठि चार्ज गरेर शान्तिपूर्ण आन्दोलनको दमन गर्नु प्रहरी प्रशासनबाट यो हुनु हामीलाई जायज छैन । भुईँमा बसेर शान्तिपूर्ण तरिकाले आन्दोलन गरिराख्दाखेरी जसले विधिको शासन जोगाउनुपर्ने , सुरक्षा गर्नुपर्ने प्रहरी प्रशासनबाटै यसरी दमन हुन्छ भने हामी विधि भन्दा बाहिर गएको शासनलाई विधिभित्र ल्याउने काम गर्नेछौँ ।’
साथै उनले बन्द भएका नाकाहरू तत्काल प्रहरी प्रशासनले खोल्नुपर्ने माग गरिन् । उनले घुसपैठ गरेर असभ्य, असक्षम कामहरू नगर्न प्रहरी प्रशासनलाई सचेत गराएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया