ग्लोबल आइएमई बैंकले अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकसँग सहकार्य गर्दै

लोकपथ
77
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकले अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकसँग सहकार्य गर्ने भएको छ ।

बैंकले आइतबार अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच स्वीच एसिया ग्रान्ट प्रोग्राम अन्तर्गत युरोपियन युनियनको आर्थिक सहयोगमा बिल्डिङ इनर्जी इफिसियन्सी इन नेपाल (बीईईएन) प्रोजेक्ट अन्तर्गत दिगो आवास भवन निर्माणका लागि ऊर्जा कुशल प्रविधी तथा अभ्यासहरु प्रवर्द्धनका लागि सहकार्य गर्न समझदारी गरेको हो ।

उक्त समझदारीमा बैंकका ग्रीन एण्ड सस्टेनेबल बैंकिङ्ग प्रमुख असिम कर्माचार्य र युनिभर्सिटी अफ इन्ज्ब्रक, अष्ट्रियाको प्रतिनिधी तथा बीईईएन प्रोजेक्ट प्रमुख डा. ड्यानियल नेयरले हस्ताक्षर गरेका छन् ।

बैंकले दिगो आवास प्रवद्र्धन गर्न ‘ग्रीन होम लोन’ विशेष कर्जा योजना लागु गर्दै आएको छ । बैंकका अनुसार यस समझदारीले प्राविधिक क्षमताको अभिवृद्धि गर्न र दिगो तथा ऊर्जा कुशल भवनहरूको प्रवर्धन गर्न सहयोग पुर्याउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?