काठमाडौं । नेपालमा लगानी र व्यापार सहजीकरण गर्न सिंगापुरका लगानीकर्ता र नेपाल चेम्बरबीच समझदारी भएको छ ।
नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र सिंगापुर इण्डियन चेम्बर अफ कमर्स (एसआईसीसीआई) बीच आइतबार लगानी र व्यापार सहजीकरण गर्ने बारे समझदारी भएको हो ।
चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले एसआईसीसीआईसँग नेपालको जलविद्युत, पर्यटन, खनिजलगायत अन्य प्राकृृतिक श्रोतहरुमा लगानीका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
सिंगापुर भ्रमणका क्रममा अध्यक्ष अग्रवालले एसआईसीसीआईका पदाधिकारीसँग नेपालको लगानीका क्षेत्र र अवसरबारे जानकारी गराएसँगै उक्त सम्झौता भएको जनाए ।
पर्यटकीय दृष्टिकोणले समेत नेपाल विश्वकै उत्कृष्ट गन्तव्य बन्दै गएको भन्दै अध्यक्ष अग्रवालले नेपालमा राजनीतिक स्थिरता, कानूनी पाटोमा सुधार हुँदै गएकाले लगानीका लागि उपयुक्त वातावरण बन्दै गएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया