शेयर बजारमा ४७ अंकले गिरावट, ८ अर्ब १८ करोडको कारोबार

लोकपथ
70
Shares

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार परिसूचक (नेप्से) मा ४७.४४ अंकले गिरावट आएको छ । 

यस दिन नेप्से सूचक ४७.४४ विन्दुले घटेर २६९७.९१ अंकमा बिन्दुमा ओर्लिएको छ । आइतबार कुल २ करोड ८ लाख ६८ हजार कित्ता शेयर खरिदबिक्री हुँदा ८ अर्ब १८ करोड २ लाख रुपैयाँको कारोबार भएको हो । 

म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । १८ कम्पनीको मूल्य बढ्दा २ कम्पनीको सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । २ सय २६ कम्पनीको मूल्य भने घटेको छ । 

८ अर्ब १८ करोड २ लाख रुपैयाँको कारोबार हुँदा कारोबार रकमका हिसाबले आइतबार गुडविल फाइनान्स लिमिटेडको ४५ करोड ७ लाख मूल्यको शेयर खरिदबिक्री भएको छ । 

आइतबार सेन्सेटिभ इन्डेक्स १.५९ प्रतिशतले घटेको छ । सबै उपसमूहको सूचक घटेको बजारमा सबैभन्दा धेरै फाइनान्स उपसमूहको सूचक ४ प्रतिशतले ओलारो लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?