काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्राङ्गणमा साँढेको प्रतिमा निर्माण अन्तिम चरणमा पुगेको छ ।
दुई वर्षअघि नै नेप्सेले बोलपत्र आव्हान गरी साँढेको प्रतिमा निर्माण गर्न गोप्य शिलबन्दी बोलपत्र प्रक्रिया अघि बढाएको थियो । नेप्सेले तयार पारेको स्केच अनुसारको साँढे प्रतिमा निर्माण भइरहेको हो ।
विश्वभर स्टक मार्केट अगाडी साँढे अर्थात् चार्जिंग बुलको प्रतिमा राख्ने प्रचलन अनुसार नेपालमा पनि यसलाई प्रयोगमा ल्याउन लागिएको नेपाल स्टक एक्सचेन्ज जनाएको छ ।
नेपालमा पहिलो पटक प्राङ्गणमा साँढेको प्रतिमा स्थापना भइरहेको हो । केही काम बाँकी रहेकाले उद्घाटनको समय तालिका निर्धारण गरिएको छैन ।
ललितपुरको पाटनका कालीगढले निर्माण गरिरहेको प्रतिमाको उचाइ ६ फिट र लम्बाई ८ फिट र तौल ६ टन रहने जनाइएको छ । प्रतिमा निर्माण सकिदा एक करोड ६८ लाख रुपैयाँ बढी रकम खर्च हुने नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जनाएका छन् ।
उनका अनुसार असोज महिनाभित्रै काम सकिने अनुमान गरिएपनि केही प्राविधिक कठिनाइका कारण प्रतिमा निर्माणमा बढी समय लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया