चार महिनापछि प्रहरी अस्पतालमा एआईजी सिफारिस

सिफारिस भएका ह्योजु अस्पतालको निर्देशकसमेत बन्ने

लोकपथ
119
Shares

काठमाडौं । नेपाल प्रहरी अस्पतालमा रिक्त भएको चार महिनापछि सरकारले अतिरिक्त महानिरीक्षक (एआईजी)मा डा.सुन्दरप्रसाद ह्योजुलाई बढुवा सिफारिस गरेको छ ।

आइतबार बेलुका बसेको बढुवा समिति बैठकले रिक्त एआईजीमा प्राविधिक प्रहरी नायव महानिरीक्षक डा. ह्योजुलाई बढुवा गर्न सिफारिस गरेको हो । एआईजी बन्ने भएसँगै ह्योजु प्रहरी अस्पतालको निर्देशकसमेत बन्ने भएका छन् ।

डीआईजी ह्योजुलाई नै निमित्त स्वास्थ्य निर्देशकको जिम्मेवारी दिइएको थियो । अस्पतालको निर्देशकसमेत रहेकी डा. आशा सिंह गत साउन १० गते अनिवार्य अवकाशमा गएपछि सो पद रिक्त रहँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?