शेयर बजारमा ५७.९९ अंकको गिरावट, ५ अर्ब ९० करोडको कारोबार

लोकपथ
70
Shares

काठमाडौं । शेयर बजारमा ५७.९९ अंकको गिरावट आएको छ । साताको दोस्रो दिन सोमबार शेयर बजार परिसूचक नेप्से ५७.९९ अंकले घटेर २६३९. ९२ विन्दुमा झरेको हो ।

बजार निरन्तर ओरालो लागेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन आइतबार ८ अर्ब १८ करोडको कारोबार भएको बजारमा आज ५ अर्ब ९० करोडको कारोबार भएको छ । आज सबै क्षत्रको सूचक घटेको छ । कारोबारमा आएका ३१९ मध्ये २२१ कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज ङादी ग्रुप पावरको मूल्य सबैभन्दा धेरै ९.२० प्रतिशतले घटेको छ ।

सबैभन्दा धेरै फाइनान्स ३.३८ प्रतिशतले घट्दा बैंकिङ २.३० ले घटेको छ । यसैगरी विकास बैंक, माइक्रोफाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, हाइड्रोपावरलगायतका अन्य समूह पनि घटेका छन् ।

२३ कम्पनीका लगानीकर्ताले कमाएका छन् । विन नेपाल लघुवित्तको मूल्य भने आज बढेको छ । यसको मूल्य १० प्रतिशतले बढेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक ९.८ प्रतिशतले बढ्दा कालिका लगुवित्त ५.५, पिपुल्स हाइड्रोपावर ४.८४, मानुषी लघुवित्त ३.९९ प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?