वामदेवको गुनासो– ‘मेरै बुद्धि कमजोर भएर एमाले बाहिर बसिछु’

लोकपथ
630
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेकपा एमालेबाट बाहिर बस्नुमा आफ्नै कमजोरी रहेको स्वीकार गरेका छन् ।

तत्कालीन नेकपा विभाजनपछि लामो समय कम्युनिष्ट एकताको अभियान चलाएका उनले एमालेमा ठुलो त्याग गरे पनि बाहिरै बस्नुमा आफ्नै कमजोरी रहेको बताए ।

आज बसेको राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा बोल्दै एमालेका पूर्व नेता समेत रहेका गौतमले सो कुरा बताएका हुन् ।

नेकपा एमालेको ७५ प्रतिशत संगठन आफैँले निर्माण गरेको दाबी गर्दै उनले भने– ‘नेकपा एमाले आज पनि मैले निर्माण गरेको ७५ प्रतिशत छ । ७५ प्रतिशत ठाउँमा मैले पार्टी निर्माण गरेको हो । मेरै चाँही बुद्धि अलि कमजोर भयो त्यही भएर बाहिर बसियो । सबै सबै मेरो ज्ञान अनुभवले मैले बोलिरहेको हुन्छु । म शिद्धान्त भन्दा बाहिर बोल्दिन ।’

भरतपुरको सिमलतालको दुई वटा बस दुर्घटनापछि आफूले दुई महिना सडक बन्द गरेर हवाई माध्यमबाट अनुगमन गर्न सरकारलाई सुझाव दिए पनि सरकारले त्यसलाई नसुनेको गुनासो गरे ।

त्यस्तै नेपालको पहाडी भुभागका रहेका मुख्य सडकहरुको भौगर्भिक अध्ययनका लागि चीन र इजरायलबाट वैज्ञानिकहरु ल्याएर त्यसको अध्ययन गर्न समेत सरकारलाई पुनः सुझाव दिए । आफूले अध्ययन नै गरेर नेपालको सडक दुर्घटनामुक्त बनाउन सरकारलाई आग्रह गरे पनि त्यसलाई बेवास्ता गर्दा निरन्तर प्राकृतिक विपत्तिका कारण सडक दुर्घटनाबाट नागरिकको ज्यान गइरहेको बताए ।

जनताको पैसा खाने सहकारीका ठगहरुलाई सरकारले निर्मम तरिकारले कारबाही गर्न नसकेकोप्रति समेत कटाक्ष गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?