एकैपटक ४० सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

लोकपथ
1.7k
Shares

काठमाडौं । सरकारले एकैपटक ४० सहसचिवको सरुवा गरेको छ ।

गत कार्तिक २ गते बसेको मन्त्रिपरिषद् बैठकले राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव वा सो सरहका कर्मचारीहरुको सरुवा भएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विज्ञप्ति जारी गर्दै सरुवा भएका कर्मचारीहरुको सूची सार्वजनिक गरेको हो ।
जसअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहेका विष्णुप्रसाद ज्ञवालीलाई अर्थमन्त्रालयमा सरुवा गरिएको छ ।

त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेशमा कार्यरत (प्रदेश सचिव) श्रवण कुमार पोखरेललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढी कैलालीमा कार्यरत वेदप्रसाद भण्डारीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेशमा सरुवा भएको मन्त्रालयले जनाएको छ । त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत अणप्रसाद न्यौपानेलाई प्रदेश सचिवका रुपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशमा कामकाजका लागि खटाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?