छविलाल जोशीलाई बयानका लागि बुटवल लगियो

लोकपथ
378
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीको पूर्व डीआइजी छविलाल जोशीलाई बयानका लागि बुटवल लगिएको छ ।

पोखरामा थुनामा रहेका जोशीलाई सोमबार दिउँसो बुटवल लगिएको हो । जहाजमार्फत् वुटवल लगिएका जोशीसँग भोलिमात्रै बयान लिइनेछ ।

पोखराको सूर्यदर्शन र वुटवलको सुप्रिम सहकारीबाट करोडौँ रकम अवैध रुपमा गोरखा मिडियामा आएको र सो रकम अपचलन भएको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । गोरखा मिडिया नेटवर्कका सञ्चालकमध्येका एक रहेका जोशीलाई काठमाडौंबाट पक्राउ गरेर प्रहरीले पोखरा लगेको थियो ।

त्यसो त गोरखा मिडिया नेटवर्कबाट सहकारीको पैसा अपचलन गरेको विषयमा छानबिनका लागि प्रहरीले रास्वपा सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई समेत पक्राउ गरेको छ । शुक्रबार पक्राउ परेका लामिछाने गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?