प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा माछापुच्छ्रे बैंकको २५ लाख रुपैयाँ सहयोग

लोकपथ
21
Shares

काठमाडाैं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा माछापुच्छ्रे बैंकले २५ लाख रुपैयाँ सहयोग गरेको छ ।

असोजको दोस्रो साता आएको बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितहरुलाई सहयोग स्वरुप सहयोग गरिएको बैंकले जनाएको छ । बैंकका अध्यक्ष रोशन केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार २५ लाखको चेक हस्तान्तरण गरेका हुन् ।

चेक हस्तान्तरण कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत रोशन कोइराला तथा व्यवस्थापनका उच्च पदस्थ पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?