टाटाका एस इभी फ्ल्याटबेड र सिएलभी गाडीहरू अब इटहरीमा, यस्ता छन् अफर

लोकपथ
252
Shares

काठमाडौं । नेपालको लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले कोशी प्रदेशस्थित इटहरीमा टाटाका एस फ्ल्याटबेड र सिएलभी विद्युतीय गाडीहरू सार्वजनिक गरेको छ । 

दसैँ–तिहारको अवसर पारेर विशेष छुटमा नयाँ मोडेलका विद्युतीय गाडीहरू ल्याइएको कम्पनीले जनाएको छ । नयाँ मोडेलका उक्त गाडीहरूको मूल्य फरक–फरक रहेको छ । एसी इभी फ्ल्याट बेडको २१ लाख ९९ हजार तोकिएको छ भने सिएलभी विद्युतीय गाडीको २२ लाख ७९ हजार तोकेको छ ।  

यस योजनाअन्तर्गत कम्पनीले पहिलो एक हप्ता भित्र बुकिङ गर्ने ग्राहकलाई ५० हजारसम्मको छुट दिने जनाएको छ । यसका अतिरिक्त ग्राहकहरूले उक्त गाडीहरूको खरिदमा एक वर्षका लागि निःशुल्क बीमाको सुविधा, तीन पटकसम्म गाडी निःशुल्क सर्भिसिङ्ग, एक वर्षका लागि सवारी कर, आकर्षक एक्सचेञ्ज बोनस दिइनुका साथै गाडी नामसारी गर्दा लाग्ने खर्चसमेत कम्पनी आफैँले व्यहोर्ने लगायतका विभिन्न खाले थप सेवा/सुविधा प्रदान गरिएको कम्पनीले कार्यक्रमा जानकारी दिएको छ । 

विद्युतीय गाडी सार्वजनिक गर्दै सिप्रदी ट्रेडिङ्गका सहायक महाप्रबन्धक दिवस बाबु सुबेदीले विद्युतीय गाडीहरूको फाइदा र सञ्चालनका हिसाबले अत्यन्तै किफायती, सहज र सुविधायुक्त हुनुका साथै सुरक्षाका दृष्टिकोणले समेत टाटाका गाडीहरू सुरक्षित देखिएको उल्लेख गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?