ओलीलाई विपक्षी दलको चेतावनी–‘सत्ता टिकाउन दल विभाजनको अध्यादेश नल्याइयोस्’ (पूर्णपाठ)

लोकपथ
497
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसहित विपक्षी दलहरुले सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।

सरकार गठनको १०० दिन पुग्दा पनि सरकारले जनतामा आशा देखिने काम गर्न नसेकेको निष्कर्षसहित विभिन्न सुझाव समेत दिएको छ ।

बाढीपहिरो लगायत प्राकृतिक विपत्तिका घटनाका कारण नागरिकहरु त्रासमा रहेका बेला सरकार भने साना दलहरुलाई विभाजन गर्ने काममा लागेको भन्दै त्यस्तो काम रोक्न चेतावनी समेत दिएको छ ।

‘राज्य सामु आएका जल्दाबल्दा समस्याहरुलाई सम्बोधन गर्न संसदमा रहेका प्रतिपक्षीदलहरु समेतको सल्लाह सहयोग लिई एकताको सन्देश प्रवाहित गर्नुुको साटो सरकार टिकाउन दुई दलीय तानाशाही लादन तथा अन्य दलहरुलाई विभाजन गर्ने उदेश्य राखेर राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्ने जस्ता कुनै पनि कार्य नगरियोस्,’ज्ञापनपत्रमा भनिएको छ ।

त्यस्तै असोज ११ र १२ गते आएको अविरल वर्षापछिको बाढपहिरोमा परी विस्थापित परिवारका लागि तत्काल राहतको प्याकेज पुर्याउन समेत विपक्षी दलले आग्रह गरेको छ ।

ज्ञापनपत्र बुुझाउने क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूूर्व प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डोलप्रसाद अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, आमजनता पार्टीका अध्यक्ष प्रभु साहलगायत सहभागी रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?