आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
203
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ  रेकर्ड  कायम गरेको छ  ।

सोमबारको तुलनामा तोलामा ३ सयले वृद्धि भई सुनको मूल्य आज १ लाख ६५ हजार ९०० रुपैयाँ  पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यो हालसम्मकै उच्च मूल्य हो । सोमबार सुनको मूल्य १ लाख  ६५ हजार ६०० रुपैयाँ कायम भएको थियो । 

त्यस्तै आज चाँदीको मूल्य तोलामा २ हजार १०० रुपैयाँ  पुगेको महासंघले जनाएको छ । चाँदी सोमबारको तुलनामा १० रुपैयाँले बढेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?