तिहारमा ३८ करोड रुपैयाँ बराबरको माला खपत हुने अनुमान

लोकपथ
49
Shares

काठमाडौं । यसपालीको तिहारमा ३८ करोड रुपैयाँ बराबरको फुलको माला खपत हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसनका अनुसार सयपत्री, मखमली र गोदावरी गरेर उक्त मूल्य बराबरको माला खपत हुने अनुमान हो ।

एसोसिएसनका निवर्तमान अध्यक्ष मीनबहादुर तामाङले तिहारकोबेला प्रत्येक वर्ष फुल र मालाको माग १० प्रतिशतले बढ्दै गएको बताए । यस वर्ष ४५ लाख माला खपत हुने पनि उनले अनुमान गरे । 

तिहारमा काठमाडौं उपत्यकाभित्र ६० प्रतिशत र बाहिरी जिल्लामा ४० प्रतिशत माला खपत हुने साथै ४० प्रतिशत विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेको जानकारी दिए । 

पुष्प व्यवसायमा नेपाल ९० प्रतिशत आत्मनिर्भर भए पनि तिहारका बेला बजारमा बढी माला खपत हुँदा आयात हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?