आगो लगाएर श्रीमतीको हत्या

लोकपथ
161
Shares

उदयपुर । उदयपुरमा श्रीमानले आगो लगाएर श्रीमतीको हत्या गरेका छन् । बेलका नगरपालिका–८ का ४८ वर्षीय दानबहादुर राईले मट्टितेल खन्याएर आगो लगाउँदा ४० वर्षीया श्रीमती पूर्णकुमारी राईको मृत्यु भएको हो ।

गत २२ असोजमा सामान्य घरायसी विवादका क्रममा दानबहादुरले श्रीमतीको पूर्णकुमारीको शरीरमा मट्टितेल खन्याएर आगो लगाएका थिए । आगलागीबाट दुबै खुट्टा, छातीको भाग जलेपछि पूर्णकुमारीलाई उपचारका लागि पारस अस्पताल विराटनगर पुर्‍याइएको थियो ।

उनको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । घटनामा संलग्न राईलाई नियन्त्रणमा लिएर थप आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजन चापागाईंले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?