काठमाडौं । पूर्व गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको विरोधमा आज पनि पोखरामा आन्दोलन जारी छ ।
शनिबारबाटै आन्दोलन गरिरहेको रास्वपाले आज पोखराको जिरो किलोमिटरमा आन्दोलन गरिरहेको छ । स्वंय रविले नै आफूले कानुनलाई सघाउने भन्दैगर्दा पनि पार्टीले आन्दोलन गरिरहेको भन्दै प्रश्न उठेको छ ।
यता रास्वपाका कार्यवाहक प्रवक्ता एवं सांसद मनिष झाले अहिले सदन र संसदीय समितिहरु नचलेका कारण सडकमा आन्दोलन गर्न बाध्य भएको बताए ।
आज पोखरामा पत्रकार सम्मेलन गर्दै उनले यसअघि पनि आफूहरुले विभिन्न विषयमा सदनदेखि संसदीय समितिसम्म आन्दोलन गरेको बताउँदै अहिले सडकमा आउन बाध्य भएको बताए ।
‘आवाज उठाउने ठाउँहरु जबसम्म हुन्छ नि सदन वा संसदीय समिति हामीले त्यही आवाज उठाउने हो । अहिले सदन पनि बन्द छ र संसदीय समितिहरु पनि पंगु बनाइएको छ । अनि त हामी बाध्य भएर सडकमा आउनुपर्यो,’ झाले भने ।
त्यस्तै उनले आगामी दिनमा अझै आन्दोलन चर्किने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया