एनएमबी बैंकको १ लाख २३ हजार ३२४ कित्ता संस्थापक शेयर बिक्रीमा

लोकपथ
98
Shares

काठमाडौ । एनएमबी बैंकले १ लाख २३ हजार ३२४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १ लाख २३ हजार ३२४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

बैंकले बिक्रीमा राखेको शेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने बैंकले जनाएको छ । यसअघिको संस्थापक शेयरधनीहरुले शेयर खरिद नगरेपछि सो शेयरसर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिएको हो ।

त्यस्तै,शेयर खरिदका लागि कुनै पनि व्यक्ति, कम्पनी तथा संस्थाहरुले पनि आवेदन दिन सक्नेछन् । इच्छुकले आज (कत्तिक ६ गते)बाट ७ दिनभित्र एनएमबी क्यापिटलको कार्यालय बालुवाटारमा आवेदन दिन सकिने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?