सरकारी पैसा जे गरे पनि हुन्छ भन्ने धारणा गलत छ : मुख्यमन्त्री कँडेल

लोकपथ
35
Shares

रुकुम पश्चिम । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास योजनाका लागि सरकारी तहबाट विनियोजित बजेट जसरी खर्च गरे पनि हुन्छ भन्ने मानसिकतालाई बदल्नुपर्ने बताएका छन् ।

मंगलबार मुसिकोटमा आयोजित नेकपा (एमाले)कार्यकर्ता भेलालाई संवोधन गर्दे पार्टी स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री कँडेलले भने, ‘सरकारी पैसा हो जे गरे पनि हुन्छ भन्ने धारणा छ, त्यसलाई अब बदर्लौ, बदल्न सकिएन भने हाम्रो अवस्था पनि बदलिँदैन ।’

योजना छनौटमा देखिएका समस्यालाई प्रदेश सरकारले योजना र्बैक वा क्रमशः कानुन बनाएर व्यवस्थित गर्ने अभियानमा लागेको बताउँदै  मुख्यमन्त्री कँडेलले  पहुँचको भरमा योजना ल्याएर जथाभाबी गर्ने प्रवृत्तिलाई आफ्नो नेतृत्वको सरकारले रोक्ने धारणा राखे । सरकारी योजना छनौट गर्दा जनताले राहत महसुस नगर्ने तर कार्यकर्ताको मात्र चित्त बुझाउने गरी योजना छान्ने प्रवृत्तिलाई आफूले रोक्ने अभियानमा लागेको मुख्यमन्त्री कँडेललेले बताए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?