भिस्तारा एयरको विमानमा बम रहेको हल्ला, सुरक्षा निकायले थाल्यो चेकजाँच 

लोकपथ
49
Shares

काठमाडौं । भिस्तारा एयरको विमानमा बम रहेको हल्लापछि नेपाल प्रहरी, नेपाली सेनालगायत सुरक्षा निकायले विमानको चेकजाँच थालेका छन्  । 

 दिल्लीबाट काठमाडौं अवतरण गरेको भिस्तारा को उडान नम्बर ‘यूके १५५’ भएको उक्त  विमानमा बमको हल्ला भएको जानकारी आएपछि चेकजाँच  थालिएको हो । 

काठमाडौं विमानस्थलमा केही समय उडान–अवतरण रोकिए पनि अहिले पुनःसञ्चालनमा आएको  छ । नेपाली सेना सहितको सुरक्षा निकायले जहाजमा खानतलासी गरिरहेको छ ।

 विमानस्थलमा अपरान्ह साढे ४ बजे ल्यान्ड भएको उक्त विमानमा कुल १५७ यात्रु थिए । प्रहरीका अनुसार विमानमा रहेका सबै यात्रुलाई बाहिर निकालिसकिएको र उक्त जहाजलाई छुट्टै राखेर सुरक्षाकर्मीले चेकजाँच गरिरहेका  छन्  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?