बेरुतमा इजरायली हवाई आक्रमण : मृत्यु हुनेको संख्या १३ पुग्यो

लोकपथ
98
Shares
फाइल फोटो

बेरुत । लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा परि १३ जनाको मृत्यु भएको छ । 

लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा एक जना बालक पनि रहेका छन् । आक्रमण राफिक हरिरी विश्वविद्यालय अस्पतालको कार पार्कमा भएको हो ।

यस घटनामा घाइते हुनेको संख्या ५७ पुगेको सञ्चार माध्यमले जनाएको छ । यीमध्ये ७ जनाको स्थिति निकै गम्भीर रहेको छ । 

सोमबार साँझ इजरायलले दक्षिणी बेरुतमा १३ वटा हवाई हमला गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?