यी हुन् खानेपानी मन्त्रालयको १०० दिनका उपलब्धीहरु

लोकपथ
35
Shares
फाइल तस्बिर

काठमाडौं । खानेपानी मन्त्री प्रदिप यादवले सय दिनको अवधिमा सम्पादन भएका मुख्य मुख्य कार्यहरूको विवरण सार्वजनिक गरेका छन् ।

मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले मन्त्रालयबाट सय दिनमा भएका मुख्य मुख्य कार्यहरूको विवरण सार्वजनिक गरेका हुन् ।

यस्ता छन् कार्यहरूको विवरण :

क) मनसुनका कारण बन्द रहेको मेलम्ची खानेपानी आयोजनाको पानी वितरण गर्ने लक्ष्य राखिएकोमा वि.सं. २०८१ असोज २२ गतेदेखि मेलम्बी खानेपानी आयोजनाबाट काठमाडौं उपत्यकामा वितरण सुरू गरिएको ।
ख) न्युरोड–ठमेल क्षेत्रको यप ३० किलोमिटर पाइपलाइनको Functional Guarantee Test सम्पन्न गरी नियमित रुपमा पानी सञ्चालन गर्ने लक्ष्य राखिएकोमा ठमेल र ठमेलको प्रमुख एरियामा ३४.८९ कि.मि. पाइपलाइनको Functional Guarantee सम्पन्न गरी नियमित रुपमा पानी संचालनको लागि तयार गरिएको ।
ग) निर्माणाधीन किर्तिपुर (६० लाख लिटर) र महाँकालचौर (८० लाख लिटर) क्षमताको पानीपोखरीहरूको निर्माण सम्पन्न हुने लक्ष्य राखिएकोमा दुवै पानीपोखरीहरूको निर्माण सम्पन्न भएको ।
घ) भेरी पम्पिङ खानेपानी आयोजनाको ठेक्का सम्झौता गरी आयोजनाको निर्माण कार्य सुरु गर्ने लक्ष्य राखिएकोमा २८ अगस्ट २०२४ मा Zhejiang Teams International Economic and Technical Cooperation Company Limited, China सँग ठेक्का सम्झौता भई काम सुरू भएको । विभाग अन्तर्गतःतराई मधेशका १७ जिल्ला (उदयपुर, सुनसरी, मोरङ, झापा, महोत्तरी, सिरहा, धनुषा, सर्लाही, पर्सा, चारा, रौतहट, रूपन्देही, कपिलवस्तु, नवलपरासी सुस्ता पश्चिम, कैलाली र कञ्चनपुर। मा निर्माण सम्पन्न नभई अधुरा रहेका, इखभचजभबम त्बलप बनेका तर वितरण सञ्जाल नभएका, जीर्ण भएका र थोरै बजेट भएमा संचालनमा आउन सक्ने २८० बटा अलपत्र रहेका आयोजनाहरूमा बजेट व्यवस्थापनका लागि राष्ट्रिय योजना आयोगमा अनुरोध गरिएको छ । आयोजना सम्पन्न गर्न अर्थ मन्त्रालयबाट बजेट व्यवस्थापन भएको खण्डमा छोटो समयमा नै करिब १५ लाख जनसंख्या खानेपानी सेवाबाट प्रत्यक्ष लाभान्वित हुनेछन् ।

चालु आ.व. मा ७९ वटा खानेपानी तथा सरसफाइ आयोजनाहरूलाई बहुवर्षीय ठेक्का व्यवस्थापनमार्फत् कार्यान्वयन गर्नका लागि स्रोत सहमति उपलब्ध गराइदिनका लागि अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगमा अनुरोध गरिएको छ ।

यस वर्षको आश्विन महिनामा आएको अविरल वर्षाका कारण सिर्जित बाढी पहिरोजन्य विपदबाट क्षति भएका ५२५ वटा खानेपानी आयोजनाहरूको विवरण तयार गरिएको छ र क्षतिग्रस्त आयोजनाहरूको मर्मत तथा पुनर्स्थापनाका लागि कार्ययोजना तयार गरिएको छ ।

विश्व बैंकको ऋण सहयोगमा सञ्चालित सुर्खेतस्थित भेरी पम्पिङ उप–आयोजना प्याकेज १ की ठेक्का सम्झौता भई निर्माण चरणमा प्रवेश गरेको छ । आयोजना सम्पन्न भएपचात वरिन्द्रनगर नगरपालिकाका करिव २ लाख ५० हजार जनसंख्या स्वच्छ खानेपानी सेवाघाट छिटै लाभान्वित हुनेछन् ।

मनसुनका कारणले क्षति पुगेका विभिन्न खानेपानी प्रणालीहरुवाट अस्थायी रूपमा पानी वितरण गर्न संघीय आयोजना कार्यालयहरुको समन्वयमा पाइपहरू वितरण गरी आवश्यक प्रवन्ध मिलाइएको छ। साथै मोबाइल भ्यानमार्फत् खानेपानी गुणस्तर जाँच गरी पानी शुद्धीकरणका लागि क्लोरिन उपलब्ध गराइएको छ ।

मनसुनजन्य विपदबाट फैलन सक्ने सम्भावित महामारी तथा प्रकोपहरू नियन्त्रण गर्न जनचेतनामूलक कार्यक्रमहरू संचालन गरिएको छ ।

खानेपानी तथा इस व्यवस्थापन विभागको संगठन तथा व्यवस्थापन सर्वेक्षणका लागि अर्थ मन्त्रालयको सहमति प्रास भइसकेकोमा यही बीचमा सरकार परिवर्तन भएपश्चात् पुन नयाँ सरकारवाट सहमति प्राप्त गर्नका लागि अर्थ मन्त्रालयबाट अनुरोध भएकाले सोको तयारी गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनलाई अन्तिम रूप दिन आवश्यक तयारी गरिएको छ ।

सिन्धुली र मधेश प्रदेशका ६ जिल्लामा खानेपानीको संकट समाधान गर्नका लागि सुनकोशी मरिण डाइभर्सन आयोजनाबाट चोक रूपमा पानी लिई प्रशोधन पचात् वितरण गर्ने अध्ययन सम्पन्न भएको छ। यसको लागि करिव ४६ अर्व रूपैया लाग्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?