प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ८१ करोड जम्मा

लोकपथ
0
Shares

काठमाडौं ।  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा  एक अर्ब ८१ करोड ७१ लाख १४ हजार तीन सय ७९ बराबर रकम जम्मा भएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उपलब्ध गराएको यो विवरण यही कात्तिक ४ गतेसम्मको हो ।

उक्त कोषमा विभिन्न संघ संस्था, निकाय र कम्पनीले सहयोग रकम जम्मा गरेका छन् । यस्तै व्यक्तिगत रूपमा पनि कोषमा रकम जम्मा भएको छ । 

सरकारले गत असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढी पहिरोबाट प्रभावित नागरिकलाई राहत तथा पुनः स्थापनाका लागि उक्त रकम खर्च गर्दै आएको छ ।

विपद् प्रभावितलाई सहज रूपमा राहत उपलब्ध गराउन सरकारले अति प्रभावित, प्रभावित क्षेत्र समेत घोषणा गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?