अमेरिकामा म्याकडोनाल्ड्सको बर्गर खाँदा एक जनाको मृत्यु, दर्जनौ अस्पतालमा भर्ना

लोकपथ
119
Shares

काठमाडौं । अमेरिकामा प्रख्यात फुड चेन म्याकडोनाल्ड्सको बर्गर खाएपछि एक जनाको मृत्यु भएको छ भने दर्जनौ मानिस अस्पतालमा भर्ना भएका छन् ।

यूएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले यी केसहरू म्याकडोनाल्ड्सको बर्गर क्वार्टर पाउन्डर ह्याम्बर्गरसँग जोडिएको बताएको छ। सबै बिरामीलाई कोलाईको संक्रमण भेटिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यम अलजजिराकाअनुसार बर्गर खाएपछि मानिसहरु बिरामी पर्न थालेका थिए । बर्गर खाँदा संक्रमित हुने केस अमेरिकाका १० राज्यमा भेटिएका छन्, जसमध्ये सबैभन्दा बढी कोलोराडो र नेब्रास्का जस्ता राज्यमा भेटिएका छन् । बर्गर खाएपछि मानिस बिरामी पर्दा म्याकडोनाल्ड्सको प्रतिष्ठामा असर परेको छ भने कम्पनीको शेयर ६ प्रतिशतले घटेको छ । संक्रमणका कारण अहिले १० जना अस्पताल भर्ना छन्, जसमध्ये एक बालकको अवस्था चिन्ताजनक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?