फोटो-भिडियोमा फिल्टर र इफेक्ट ल्याउँदै व्हाट्सएप

लोकपथ
56
Shares

काठमाडौं । मेटाको स्वामित्वमा रहेको इन्स्ट्यान्ट मेसेजिङ एप व्हाट्सएपले नयाँ फिचर ल्याउने भएको छ । व्हाट्सएपले विगत केही महिनादेखि क्यामेरा इफेक्ट उपलब्ध गराउने तयारी गरिरहेको र यसको परीक्षण पनि भइरहेको बताएको हो ।

व्हाट्सएपले ल्याउन लागेको क्यामेरा इफेक्ट स्न्यापच्याटसँग मिल्दोजुल्दो रहेको छ । मिडिया रिपोर्टकाअनुसार नयाँ अपडेट पछि व्हाट्सएपमा धेरै क्यामेरा इफेक्टहरू उपलब्ध हुनेछन् जसमा प्रयोगकर्ताहरूले फिल्टरहरू पनि पाउनेछन् । यस बाहेक, पृष्ठभूमिका लागि पनि धेरै विकल्पहरू उपलब्ध हुनेछन् ।

यी सबै सुविधाहरू भिडियो कलिङको समयमा उपलब्ध हुनेछन्। व्हाट्सएप फिचर ट्र्याकर वीबेटा इन्फोले यो सुविधा एनरोइडको लागि ल्याएको बताएको छ जुन हाल प्ले स्टोरमा उपलब्ध भए पनि यो फिचर हाललाई बिटा टेस्टरका लागि मात्र उपलब्ध छ । फिचर ट्र्याकले सेयर गरेको स्क्रिनसटको आधारमा यो नयाँ फिचर एपको प्राइभेसी सेटिङबाट अन वा अफ गर्न सकिन्छ । सुटिङहरूमा ‘क्यामेरा इफेक्टलाई अनुमति दिनुहोस्’ भनिने नयाँ विकल्प देखिन्छ, जसलाई अन वा अफ गर्न सकिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?