काठमाडौं । सत्तारुढ दलले रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गरी अनुसन्धान भइरहेका बेला भीड जम्मा गरेर न्यायिक निरूपणमा बाधा नपुर्याउन रास्वपालाई चेतावनी दिएको छ ।
सहकारी छानबिन संसदीय समितिको प्रतिवेदन कार्यान्वयनका क्रममा लामिछानेलाई पक्राउ गरिएको भन्दै सत्तारुढ दलले उनको पक्राउलाई अन्यत्र नमोड्न पनि चेतावनी दिएको छ । साथै रास्वपाको पछिल्लो गतिविधिले लोकतन्त्रलाई ‘डिरेल’ गर्ने खतरा रहेको औंल्याउँदै संविधान र कानुनको पालना गर्न पनि आग्रह गरेको छ ।
बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकले संसदमा सबैको सहमतिमा पारित प्रतिवेदन सरकारले कार्यान्वयनका लागि अघि बढाएको अवस्थामा रास्वपा नेता कार्यकर्ताहरूले भीड जम्मा गरेर प्रदर्शन या आन्दोलन गर्नु उचित नभएको निष्कर्ष निकालेको हो ।
बैठकपछि एमाले महासचिव शङ्कर पोखरेलले भने, ‘स्वभाविक रुपमा छानविन र न्यायिक निरुपणको आफ्नो विधि प्रक्रिया हुन्छ, छानविन अघि बढिरहेका बेलामा सडकमा भीड जम्मा छानविन प्रक्रियालाई प्रभावित गर्ने र अदालतलाई समेत प्रभावित गर्ने गतिविधि लोकतान्त्रिक दृष्टिकोणले पनि उचित हुँदैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया