प्रधानमन्त्रीको सयदिने प्रगति विवरण : ३२.५ किमी सडक कालोपत्रे

लोकपथ
126
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला एक सय दिनमा ३२.५ किमी सडक कालोपत्रे गरिएको बताएका छन्।

सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा बुधबार सिंहदरबारबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस अवधिमा चार हजार ३८ किमी सडक मर्मत गरिएको पनि बताए।

‘काठमाडौं-तराई द्रुतमार्गको मकवानपुरस्थित धोद्रे सुरूङ ब्रेक थ्रु भएको छ, नागढुंगा मुख्य सुरूङको काम पनि भएको छ सिद्धवावा सुरूङमा उल्लेखनीय प्रगती भएको छ,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?