कोटेश्वरबाट महिला अपहरणमा परेको दाबी, प्रहरी परिचालन

लोकपथ
483
Shares

काठमाडौं । काठमाडौंको कोटेश्वरबाट एक महिला अपहरणमा परेको भन्दै प्रहरीलाई फोन आएको छ । घटनालगत्तै काठमाडौं उपत्यका अपराध अनुसनधान कार्यालयको प्रहरी परिचालन गरिएको छ ।

काठमाडौंको कोटेश्वरबाट लेनदेनको विवादमा एक महिलालाई अपहरण गरिएको भन्दै महिलाका परिवारले प्रहरीलाई जनाएका छन् । अपहरणमा परेकी भनिएकी महिला स्वयम्ले समेत प्रहरीलाई फोन गरी आफू अपहरणमा परेको दाबी गरेकी छिन् ।

महिला अपहरणमा परेको खबरलगत्तै काठमाडौं जिल्ला प्रहरी परिसर, काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी परिचालन गरिएको छ । अपहरणमा परेकी भनिएकी महिलालार्य चाल्नाखेलमा राखिएको दाबी गरिएको छ ।

यता प्रहरीले भने लेनदेनको विवादमा महिलाले दिनुपर्ने रकम नदिएको कारण बन्धक बनाइएको भन्ने जानकारी आएको र त्यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ । पहिलो कर्तव्य महिलाको उद्धार गर्नु रहेकाले यतिबेला उद्धारको क्रममा रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?