आइजिपी रनिङ कप पुरुष भलिबल प्रतियोगिता सुरु

लोकपथ
119
Shares

काठमाडौं ।  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आजदेखि आइजिपी रनिङ कप पुरुष भलिबल प्रतियोगिता २०८१ सुरु भएको छ ।

नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरीले प्रतिष्ठानमा आज आयोजित एक कार्यक्रमका बीच उक्त प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक गिरीले शान्ति सुरक्षा अमनचयन कायम राख्ने, अपराध नियन्त्रण र अनुसन्धान गर्नेजस्तो गहन जिम्मेवारी बोकेको नेपाल प्रहरीले खेलकुद क्षेत्रलाई समेत उच्च प्राथमिकतामा राखेको बताए । 

राष्ट्रिय खेलकुद क्षेत्रको उल्लेख्य हिस्सा ओगटेको नेपाल प्रहरीको खेलकुद इतिहास गर्व गर्न लायक रहेको बताउँदै नेपाल प्रहरीका खेलाडीले प्राप्त गरेको सफलताले राष्ट्र र संगठनको शिर उच्च बनाएको उनले उल्लेख गरे । आगामी दिनमा खेलकुद प्रतियोगितालाई अझै प्रभावकारी बनाउन तथा नयाँ प्रतियोगिता सञ्चालनसहितको योजना तयार गर्ने प्रयास भइरहेको समेत उनले बताए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?