काठमाडौं महानगरमा ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको प्रयोगमा रोक

लोकपथ
49
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले ४० माइक्रोनभन्दा पातलो झोलाको बिक्री, वितरण, भण्डारण र प्रयोगमा रोक लगाएको छ ।

महानगरले बिहीबार एक सूचना प्रकाशित गर्दै आफ्नो वार्षिक नीति तथा कार्यक्रममा नै एकल प्रयोगको प्लास्टिक, प्लास्टिकको फूल गुच्छा, माला बिक्री, वितरण, भण्डारण, ओसार–पसार र प्रयोग तथा ४० माइक्रोनभन्दा पातला झोलाको बिक्री, वितरण, भण्डारण र प्रयोगमा पूर्ण रूपमा निषेध गरिएको स्मरण गराएको हो । 

यसको विकल्पमा कागज वा कपडाको झोला प्रयोग गर्नुपर्ने व्यवस्था गर्न सबै प्रकारका उत्पादक, वितरक, बिक्रेता तथा सर्वसाधारणको अनुरोध गरिएको छ । 

महानगरपालिकाको अनुगमन टोलीले निरीक्षणको क्रममा उक्त निषेध गरिएका कार्य भए गरेको पाइएमा काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ बमोजिम कारबाही गर्ने चेतावनीसमेत महानगरले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?